दफा ५क
कारोबारको स्वामित्वको हस्तान्तरणमा कर नलाग्ने
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दर्ता भएको व्यक्तिले आफूले गर्दै आएको कारोबार अन्य कुनै दर्ता भएको व्यक्तिलाई बिक्री गरेमा वा निजको मृत्यु भई हकवालाको नाममा कारोबार हस्तान्तरण भएमा त्यसरी हुने स्वामित्वको हस्तान्तरणमा कर लाग्ने छैन । त्यसरी कारोबार बिक्री वा हस्तान्तरण गर्दा दर्ता भएको व्यक्ति वा हस्तान्तरण गरी लिने व्यक्तिले सो कुराको जानकारी तोकिए बमोजिम विभागलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कानून बमोजिम दर्ता हुनुपर्ने वा भएको कुनै उच्योग वा व्यवसायको हस्तान्तरण भएमा स्वामित्व प्राप्त गर्ने व्यक्तिले कानून बमोजिम करको दायित्व व्यहोर्नु पर्नेछ ।
(३) उपदफा (२) को अधीनमा रही स्वामित्व प्राप्त गर्ने व्यक्तिले यस ऐन बमोजिम तोकिएको अवधिसम्म (हस्तान्तरण हुनु अघिको) त्यस्तो उद्योग वा व्यवसायको कारोबारको लेखा खाताबही तथा हिसाव किताब सुरक्षित राख्नुपर्ने दायित्व वहन गर्नु पर्नेछ ।